शक्तिमा बसेर जिल्लामा ‘केही नगरेको’ आरोप खेप्दै खनाल र नेम्बाङ

इलाम : प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचनले देशभर रौनकता छाएको छ । देशका अधिकांस क्षेत्रमा पूरानै नेताहरु चुनावी प्रतिस्पर्धामा छन् ।

स्याङजामा कांग्रेसका वयोबृद्ध नेता गोपालमान श्रेष्ठ देखि झापामा एमाले अध्यक्ष केपी ओली पनि चुनावी मैदानमै छन् । पटक पटक एकै नेता एकै चुनावी क्षेत्रमा प्रतिस्पर्धा गर्न उत्रिएपछी मतदाताहरुले ‘दिग्दारी’का प्रश्नहरु सोधिरहेका छन् ।

त्यस्तै यता, नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, सुवासचन्द्र नेम्बाङ र नेपाली काग्रेसका नेता केशब थापा अहिले इलामका गाउँ घरमा छन् । उनीहरुलाई जनताले सोध्ने गरेका छन् “पहिले जितेर के गर्नुभयो ।” जनतालाई अघिल्ला निर्वाचनहरुमा बाडेका आश्वासन पुरा गर्न नसकेका कारण नेताहरु प्रति मतदाता निराश र संखालु बन्न थालेको काग्रेस नेता दिपक अधिकारी बताउँछन् ।

नेताहरुलाई विकास निर्माणमा देखाएको उदासीनता प्रति जनताले काक्रोस पनि पोख्ने गरेको वाम गठबन्धनका तर्फबाट प्रतिधिनि सभा निर्वाचन क्षेत्र न २ को प्रदेश नम्ब २ का उम्मेरद्धार धिरेन्द्र शर्मा बताउँछन् । उनले भने “कतिपय उम्मेद्धार प्रति जनताको गुनासो रहेपनि मेरो बारेमा मतदाता सकारात्मक पाए ।”

इलाममा वाम गठबन्धनका खनाल, नेम्बाङ र काग्रेसका थापा यस अघिका विजेता उम्मेद्धार हुन । खनालसंग भिड्ने काग्रेसका भुपेन्द्र कट्टेल नयाँ अनुहार हुन् । उनले जनताको गुनासो खासै समाधान गर्नु परेको छैन । उनले सुनाए, ‘जनताले अब के गर्ने भन्ने सल्लाह दिने गर्नुभएको छ ।’

कट्टेलले जनतासामु  झलनाथ खनालले यस अघिको तीस बर्षमा गर्न नसकेका कामहरु फत्ते गर्ने आश्वासन बाढिरहेका छन् । यस अघि तीनवटा निर्वाचन क्षेत्र रहेको इलाममा अहिले दुईवटा क्षेत्र छन् ।

पुरानै निर्वाचन क्षेत्रमा केहि थप भएको कारण प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ मा खनाल प्रति जनताको गुनासो बढि छ भने क्षेत्र न २ मा नेम्वाङ र थापाले जनताको गुनासो समाधान गर्नुपरिरहेको छ ।

अघिल्लो निर्वाचनमा सुकिलुम्बा विमानस्थलले पुर्णता पाउने, ग्रामिण सडक बाहै महिना चल्ने बनाउने, सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, चार करोड बढिमा निर्माण भएको सित भण्डार सञ्चालन गर्ने लगायतका आश्वासन बाँढेका नेताहरुले यो अवधीमा खास उल्लेख्य परिणाम दिन नसकेको कारण जनताले अविश्वासन गरेको इलाम नगरपालिका ४ का मतदाता विष्णु दुलाल बताउँछन् ।

अहिले पनि दलहरुले मतदाता लोभ्याउन र जनतालाई प्रभावपार्न अहिले सम्म गरेको कामको फेररिस्त नै तयार पारेर बाढ्न लागेका छन् ।

नेकपा एमालेको नेताहरुले अहिले सम्म गरेको कामको फेहरीस्त प्रकाशनमा आउन लागेको कार्यालय सचिव नवराज शंकरले जानकारी दिए । फेहरीस्तमा इलामको विकासका सबै प्रयासहरु एमालेका दुई नेताले गरेको पुष्टिगर्ने प्रयास गरिएको छ । एमालेले प्रत्येक निर्वाचनमा यस्तो फेहरिस्त प्रकाशन गर्ने गरेको छ ।

नेपाली काग्रेसका सचिव निरज खड्गीले सो फेहरिस्तलाई झुटको खेतीको संज्ञा दिएका छन् । उनले भने “यो झुटको खेतीको असली नमुना हो ।”

इलाममा प्रदेश सभामा भने धिरेन्द्र शर्मा बाहेकका नेता चुनावी मैदानका नयाँ खलाडीका रुपमा रहेका छन् । प्रदेश सभाका चार क्षेत्रमा रहेका उम्मेद्धारहरुले चुनावी मैदानमा नयाँ अनुभव लिइरहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र न २ को प्रदेश नम्बर १ मा काग्रेस तर्फका उम्मेद्धार डम्बर खड्का बताउँछन् ।

सबै नयाँ अनुहारहरुले पुराना नेताले गर्न नसकेका काम पुरा गर्न आश्वासन बाड्ने गरेका छन् । खड्काले प्रदेश सभखभ सदस्यमा विजयी भए सरकारी सुविधा जेष्ठ नागरिकलाई बाड्ने घोषणा समेत गरेका छन् ।

निरन्तर राज्यको शक्तिशाली स्थान र सत्तामा रहेका इमालेका नेम्बाङ र खनालले जिल्लामा अपेक्षा अनुरुपको काम गर्न सकेका छैनन् । नेम्बाङ भन्दा पनि खनाललाई ‘केही नगरको’ आरोपहरु आइरहेका छन् ।

सिमावर्ती पशुपतिनगरमा अध्यागमन स्थापना नभएको, फिक्कल–अन्तु सडक पक्की बर्षौसम्म पुरा गर्न नसकेको, फिक्कल–गुप्ती–नयाँबजार सडक स्तरोन्नती गर्ने काम भाषणमै सिमित राखेको आरोप खनालले खेपिरहेका छन् ।

त्यस्तै मेची राजमार्ग जीर्ण बन्दै गएको तर नयाँ योजनाहरु नल्याएको, चिया किसानलाई राहत प्याकेजहरु बनाउन नसकेको, चिया उद्योगीलाई प्रोत्साहित गर्न नसकेकोलगायतका मुद्दाहरुमा खनालले काम गर्न नसकेको आरोप मतदाताहरुको छ ।

उता नेम्बाङलाई भने दमक–रवी सडक, राजदुवाली–दानाबारी सडक स्तरोन्नती, गजुरमुखी धाम व्यवस्थापन लगायतका काममा ध्यान नदिएको आरोपहरु आइरहेका छन् । दर्पणसंसरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार