नयाँ बुलन्द
फिक्कल : इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको ज्यान गएकवो छ ।
ज्यान जानेमा तनहुँ प्यास नगरपालिका १ का २८ वर्षीय शरद पौडेल र इलाम देउमाइ नगरपालिका ५ की २५ वर्षीया अस्मीता राई रहेका छन् । मोटरसाइकल चाल पौडेलको घटनास्थलमै र पछाडि सवार राईको उपचारको लागि झापतर्फ लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहान ९ बजेतिर झापाबाट ताप्लेजुङ जादै गरेको ग १२ प ४८३ नम्बरको मोटरसाइकलको टायर चिप्लेर मे १ ख १९४२ नम्बरको ट्रकको पछाडीको टायरमा पर्दा घटना भएको जिल्ला ट्राफिक कार्यलय इलामका प्रमुख पदम राईले जानकरी दिए । उनका अनुसार ट्रक इलामबाट झापा आउँदै थियो ।
ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।






















































