जेम्सलाई राष्ट्रिय अवार्ड 

नयाँ बुलन्द

झापा : जनकपुरमा सम्पन्न १३ औ नेशनल कन्भेन्सन अन स्टुडेन्ट क्वालिटी सर्कल (एसक्यूसी ) मा दमकको झापा मोडल आवासीय माध्यमिक विद्यालय (जेम्स )ले सर्वगुण सम्पन्न व्यक्ति अवार्ड जित्न सफल भएको छ ।

देशभरका ८२ वटा विद्यालयलाई उछिन्दै जेम्सका कक्षा ७ मा अध्ययनरत विकल्प अधिकारीले अवार्ड प्राप्त गरेका हुन् । गतवर्ष समेत जेम्सले त्यही विद्यासहित कोलाजमा राष्ट्रिय अवार्ड पाएको थियो ।

जेम्सबाट १० जना विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए । त्यसमध्ये केस स्टडी प्रेजेन्टेशन, प्यानल डिस्कसन, क्वीज कम्पीटिशन, स्पेलिङ कम्पीटिशन ,कोलाज कम्पिटिशन, क्यान्सर अर्वानेश विद्यामा विद्यार्थीहरुले भाग लिएका जेम्सका प्रिन्सीपल सागर श्रेष्ठले जानकारी दिए ।

जनकपुरको मोनास्टिक स्कुलमा आईतबार सम्पन्न ४ दिवसीय उक्त राष्ट्रिय प्रतियोगिता बर्सेनी सञ्चालन हुदै आएको छ । उक्त कन्भेन्सन क्वेस्ट नेपालले आयोजना गर्दे आएको छ । राष्ट्रिय प्रतियोगितामा सहभागी भएका विद्यालयले बंगलादेशको ढाकामा आगामी माघमा हुने इन्टरनेशन कन्भेन्सन अन स्टुडेन्ट सर्कलमा भाग लिन पाउने छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार