मनाङ्ग सेमिफाइनलमा

नयाँ बुलन्द

झापा : शिवसताक्षीस्थित झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा आइतवारको खेलमा मनाङ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । मोफसलको चर्चित टिम अग्नि रुपन्देही ११ काठमाण्डौको मनाङ्गसग टाईब्रेकरमा पराजित हुन पुगेको छ ।

प्रतिस्पर्धापूर्ण खेलमा रुपन्देहीले दुर्भागपूर्ण हार व्यर्हाेन पुगेको हो । रुपन्देहीले खेलको सुरुवातदेखिनै मनाङ्गलाई दवावमा राखेको थियो । खेलको सुरुमै रुपन्देहीका तर्फवाट विदेशी खेलाडी अव्वाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अव्वाले रोजिन धिमालको पासमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुरुवाती अग्रतालाई वरावरी गर्न मनाङ्गका खेलाडीले खेलको अन्तिम मिनेटसम्म कुर्नुपरेको थियो ।

दोस्रो हाफको खेल सकिन २ मिनेट वाकी रहदा मनाङ्गका खेलाडीलाई रुपन्देहीका खेलाडीले लडाएपछि रेफ्री लव खत्रीले फाउललाई गोलमा सदुपयोग गर्न सफल भएको थियो । डिवक्स नजिक्कैबाट गरिएको फाउल प्रहारको सदुपयोग गर्दै मनाङ्गका दोना थापाले सोझैँ गोल गर्दै खेललाई वरावरीमा पुर्याँएका थिए । खेल वरावरी भएपछि निर्णय सोर्झै पेलान्टी सुट आउटमा धकेलिएको थियो ।

ट्राई ब्रेकरमा मनाङ्गका विमल वस्नेत , कमल श्रेष्ठ , निराजन मल्ल र दोना थापाका प्रहारहरु सरासर गोलमा परिणत हुदा रुपन्देहीका निरज वस्नेतको प्रहार मात्रै गोलमा परिणत भएको थियो । रुपन्देहीका खेलाडी रजिन धिमालले सोझैँ गोलपोस्ट वाहिर प्रहार गर्दा अर्का खेलाडी विजय धिमालको प्रहार मनाङ्गका गोलकिपर दिनेश थापामगरले रोक्न पुगेका थिए । यो सगै ट्राइब्रेकरमा मनाङ्ग ४—१ गेल अन्तरले विजयी हुनपुगेको थियो ।

खेलमा मनाङ्ग वाईपाएर सोझै क्वाटरफाईनल खेल्न पुगेको हो । आइतवारको खेलको म्यान अफ द म्याच मनाङ्गका टिमका लागि गोल गर्ने खेलाडी दोना थापा बने । उनले नगद १० हजार पुरस्कार पाए । सोमवारको खेल रमपम झापा ११ र नेपाल आर्मीवीच हुदैँ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार