बिष्णु सुब्बा
झापा : लिम्बू जातिको महान चाड चासोक तङनाम (उद्यौली पर्व ) का अवसर पारेर झापाको शिवसतासीस्थित दुधेमा बृहत सांस्कृतिक कार्यक्रम गरि मनाईने भएको छ ।
याँक्थुङ नालीफूङवा चुम्भो र किरात याक्थुङ चुम्लुङ सतासी शाखाको संयुक्त आयोजनामा यहि मंसिर १७ गते भव्य रुपमा सांस्कृतिक कार्यक्रमका साथ चासोक तङनाम मनाईने भएकोछ । विहान ७ वजेदेखि साँझसम्म विभिन्न कार्यक्रमका साथ चासोकलाई उत्सवका साथ मनाईने तयारी गरिएको याक्थुङ नालीफूङवा चुम्भोका अध्यक्ष विरवल लिम्बुले जानकारी दिए ।
दुवै संस्थाले गतवर्ष दुधेमा नै चासोक मनाएको थियो । यसवर्ष भने चासोक स्थानीय दुधेस्थित खेलमैदानमा सम्पन्न हुने छन् । अध्यक्ष लिम्बुका अनुसार यसवर्ष पनि न्वागी पूजा ,प्रसाद वितरणसहित लोकसंस्कृतिमूलक केलाङ च्याब्रुङ नाच, येवा लाङ,माङलाक प्रर्दशनी, धाननाचको प्रर्दशनी, लिम्बु गीतमा नृत्य ,गीत प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ । त्यस्तै, छेलो, धनुकाँड प्रतियोगिता हुने छन् ।
सोही अवसरमा पूर्व मिस नेपाल सुविन लिम्बुको कोरियाग्राफी र विक्रम लिम्बुको संयोजकत्वमा लिम्बु जातिको भेषभूषा सम्बन्धी प्रर्दशनी समेत आयोजना गरिने जनाईएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजेशपायल राई, गायकहरु खगेन्द्र यक्सो, बब्रिम शेर्मा,राज लाबुङ, मनु नेम्बाङ,साक्थिम यङयालगायतको विशेष प्रस्तुति समेत रहने आयोजक संस्थाले जनाएको छ ।






















































