सताक्षीधामको सरसफाईमा खेलाडीहरु

नयाँ बुलन्द

झापा : पूर्वको प्रसिद्ध धार्मिक एबम् पर्यटकीयस्थल सताक्षीधाम मन्दिरमा स्थानीय सीतोरियो कराते खेलाडीहरुले सर–सफाई गरेका छन् । शुक्रबार मन्दिरमा बालाचर्तुदर्शीको अवसर पारेर सदविज छर्ने आउने तीर्थालुहरुले पुर्र्याएको फोहोर मैलोलाई खेलाडीहरुले सर–सफाई गरिएको हो ।

झिलझिले डोजोका प्रशिक्षक दुर्गा उप्रेतीका अनुसार सताक्षीधाम मन्दिरको बिकास र परिवर्तनमा हामी खेलाडीहरुको पनि साथ–सहयोग छ भन्ने देखाउन सर–सफाई गरिएको हो । उप्रेतीले त्यस सर–सफाई कार्यक्रममा झिलझिले सितोरियो डोजो, लालझोडा सितोरियो , प्रतिभा स्कुल र दुधे सितोरियो डोजोका खेलाडीहरुले सहभागीता जनाएको बताए ।

सर–सफाई कार्यक्रममा सड्ने् र नसड्ने फोहोरहरुलाई अलग–अलग रुपमा संकलन गरिएको थियो । सड्नेहरुलाई खाडलमा राख्ने र नसड्नेहरुलाई संकलन गरेर आगो लगाइएको उप्रेतीले बताए । पूर्वी तराईका जिल्लाहरु लगायत भारत र भूटानका हिन्दु धर्मालम्बी तीर्थालुहरु सताक्षीधाममा आएर आफ्ना दिवंगत पितृहरुको स्मृतिमा ठुलो संख्यामा सदवीजसहित पूजाआजामा सहभागी भएको सताक्षीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार