मंसीर ४ मा मिस लिम्बूको ग्राण्ड फिनाले

नयाँ बुलन्द

झापा : मिस लिम्बूको पाँचौं संस्करणको ग्राण्ड फिनाले यहि मंसीर ४ गते काठमाण्डौमा हुदै छ ।

‘सिंगापुर इन्टरप्राईजेज मिस लिम्बु ’ टाइटल दिईएको सो संस्करणको ताज पहिरनका लागि १४ जना प्रतिष्पर्धीहरु फिनालेमा पुगेकी छन् ।

फिनालेमा प्रतियोगिहरु कुरुम्बाङ, अविसा फुदोङ, रक्षा ओख्राबु, मेनुका साउदेन, सुस्मिता पालुङ्वा, सनम पयाङ्गु, पुष्पा इम्सङ, मधु खेवा, वर्षा थेवे, सवनम साँवा, रमुना थेवे, सरिता पन्धाक, रितु वनेम र सन्ध्या तुम्बाहाङ्फे सहभागी छन् ।

याक्थुङ युथ एसोसिएसनको आयोजनामा सम्पन्न हुन लागेको मिस लिम्बूका विजेताले नगद १ लाख, फस्टरनरअपले ५० हजार र सेकेन्डरनरअपले २५ हजारसहित विभिन्न उपहारहरु प्राप्त गर्ने एसोसिएसनका अध्यक्ष विश्व लिम्बु साम्याङखामले बताए ।

पूर्वका कलाकारहरु संगठित

चलचित्रकर्मी कसम खबासको अध्यक्षतामा पूर्वाञ्चल कलाकार संघ गठन गरिएको छ । झापाको अर्जुनधारामा सम्पन्न कलाकर्मीहरुको भेलाले खबासको अध्यक्षतामा प्रदेशस्तरिय समिति बनाएका हुन् ।

नवगठित संघको उपाध्यक्षमा याम शेर्मा,सचिवमा तोरण श्रेष्ठ, सहसचिवमा अरुणा लिबाङ र कोषाध्यक्षमा स्वीकृति सम्बाहाम्फेलगायत रहेका छन् । संघले सांगीतिक कार्यक्रमबाहेक अभिनय मार्फत चेतनामूलक सामाजिक कार्य गर्ने उद्देश्य रहेको अध्यक्ष खबास बताउछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार