मानसरोवरले अवैध शुल्क लिएको भन्दै विद्यार्थी संगठनको आपत्ति

नयाँ बुलन्द

झापा : झापाको दमकमा सञ्चालित मान सरोवर इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीले अवैध शुल्क लिएको भन्दै विद्यालय प्रशासन विरुद्ध विद्यार्थीले विरोध जनाएका छन् ।

शुक्रवार अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन मार्फत विज्ञाप्ती जारी गर्दै कार्वाहीको माग गरेको हो । संगठनका झापा जिल्ला अध्यक्ष कुमार खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा मानसरोबरलाई भ्रष्ट संस्थाको संज्ञा दिएर कानुनी कारवाही गर्न राज्यसँग माग गरिएको उल्लेख छ । विज्ञप्तिका अनुसार विद्यालयले अवैध रुपमा प्रति विद्यार्थी पाँच हजार रुपैयाँका दरले लाखौंको रकम संकलन गरेको आरोप लगाईएको छ ।

संगठनले राज्यले ती इन्च्यिूष्टलाई कारवाही गर्न तयार नभए सातदिन भित्रमा अख्तियारमा मुद्धा दर्ता गर्ने, सीटीइभिटीमा मुद्धा चलाउने, राजश्व कार्यालयमा उजुरी गर्ने, जिल्ला प्रशाशन कार्यालयमा मुद्धा दर्ता गर्ने लगायतका कार्यक्रम मार्फत संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार