मुलुकको समृद्धिमा उम्मेदवारहरुको जोड

नयाँ बुलन्द

झापा : झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारले स्थायी शान्ति, दीगो विकास र समृद्धिलाई मुख्य एजेन्डा बनाएका छन् ।

संवाद समूह झापाको संयोजनमा शुक्रवार धुलाबारीमा भएको उम्मेदवारहरुसँगको छलफलमा उनीहरुले आफ्नो क्षेत्रसहित मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेर चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गराउन उनीहरुले ६ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश शर्माले क्षेत्र नं. १ लाई विकासको नमूना क्षेत्र बनाउने बताउँदै स्थानीय र राष्ट्रिय एजेन्डा सार्वजनिक गरेका छन् ।

त्यस्तै प्रतिनिधिसभातर्फ बाम गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले नेपालका पार्टीलाई लोकतान्त्रिक बनाउँदै समाजमा प्रजातन्त्रको बिस्तार गर्ने बताए ।सोही कार्यक्रममा उम्मेदवारहरुले ६ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । प्रतिबद्धतामा निर्बाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालवालिकाको प्रयोग नगर्ने, आफ्ना गतिविधिलाई भयरहित शान्तिपूर्ण र मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्दरहित बनाउने लगायत छन् ।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि झापा १ मा प्रतिनिधिसभातर्फ ७ जना, प्रदेश सभा तर्फ क्षेत्र ‘क’ र ‘ख’ बाट ८÷८ जना चुनावी मैदानमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार