रंगपुरमा लायन्सको आखाँ शिविर

नयाँ बुलन्द

झापा : झापाको कमल गाउँपालिका वडा नं ७ रंगपुरमा शुक्रबार निशुल्क आँखा परीक्षण शिविर तथा औषधी वितरण गरिएको छ ।

लायन्स क्लब लखनपुरको आयोजनामा भएको शिविरमा ९० बालबालिकासहित १ सय ४६ जनाको आँखा निशुल्क परिक्षण गरिएको थियो । शिविरमा आएका मध्ये १२ जनामा आँखाको शल्यक्रिया गर्नु पर्ने अवस्था रहेको पाइएको थियो भने ७० जनाको आँखा सुरक्षाका लागि तत्कालै चश्मा लगाउनु पर्ने चिकित्सकहरुले सुझाव दिएका आयोजक क्लबका अध्यक्ष धर्मानन्द भट्टराईले जानकारी दिए ।

लायन्स क्लब इन्टरनेशनल समुह ३२५ ए वानका एरिया कोअर्डिनेटर बबरजंग थापा ( किरण) को प्रमुख आतिथ्यता र अध्यक्ष भट्टराईको सभापतित्वमा भएको शिविर उद्घाटन कार्यक्रममा क्लबका डाइरेक्टर हुकुमसिंह राई, डा. प्रहर क्षेत्री, रामचन्द्र बराललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव दिपक पोखरेलले गरेका थिए । शिविरमा पाथिभरा आई क्लिनिकको प्राविधिक सहयोग रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार