मोरङलाई हराउँदै रुपन्देही विजयी

फाइल तस्विर

नयाँ बुलन्द

झापा : झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपमा गत संस्करणको उपविजेता अग्नी रुपन्देही ११ ले मोरङ्ग ११ लाई ३–१ को गोल अन्तरले पराजित गरेको छ ।

झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सम्पन्न खेलको १५औं मिनेटमा मोरङ्गले अग्रता लिएको थियो । उसको जर्सी नं. १५ का खेलाडी मनिष थापाको डिबक्स भित्रको पासलाई सदुपयोग गर्दै जर्सी नं. ११ का सुनिल खड्काले पोष्टको दिशा दिएका थिए ।

३ विदेशी खेलाडी सहित मैदानमा उत्रेको रुपन्देहीले खेलको ४७औं मिनेटमा उसका तर्फबाट जर्सी नं. ११ का अमर डंगोलले दिएको पासको सदुपयोग गर्दै जर्सी नं. ७ का विदेशी खेलाडी अबाले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने खेलको ७४औं मिनेटमा अबाको पासलाई कुनै गल्ती नगरी अग्रता दिलाएका थिए भने खेलको इन्जुरी टाइम ८१औं मिनेटमा जर्सी नं. ५ का खेलाडी बिजय धिमालले गरेको शसक्त प्रहार समेत गोलमा परिणत भएको थियो ।

खेलको म्यान अफ द म्याच रुपन्देही ११ का अबा भए ।  शनिबार दुई विभागीय टीम एपीएफ विरुद्ध त्रिभुवन आर्मी क्लब बीच हुने आयोजक समितिका गणेश घिमिरेले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार