चासोक तङनामको अवसरमा इभाङमा माङसेबुङ गोल्डकप

नयाँ बुलन्द

इभाङ : आदिवासी लिम्बु जातिको महान चार्ड चासोक तङनामको अवसरमा  इभाङमा प्रथम माङसेबुङ गोल्डकप हुने भएको छ ।

इलामको माङसेबुङ–२ स्थित (साविक इभाङ-४ पावा स्थित सरस्वती आधारभूत बिद्यालयको खेल मैदानमा गोल्डकप आयोजना गर्न लागिएको हो । स्थानीय सुनुयुमा विकास संस्थाको आयोजनामा पहिलो पटक फुटबल प्रतियोगीता हुन लागेको संस्थाका अध्यक्ष उत्तरबहादुर योङहाङले जानकारी दिए ।

प्रतियोगीताको बिजेता टीमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेता टीमले नगद २५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । त्यस्तै, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोल किपरले समेत ट्रफी पाउनेछन् । प्रतियोगीताको प्रत्येक खेलमा एक जनालाई म्यान अफ दी म्याच घोषणा गरिने समेत बताइएको छ । प्रतियोगीताको फाइनल खेल लिम्बु जातिको महान चार्ड चासोक तङनमको अवसरमा मंसिर १७ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार