कष्ण ओझा
पाँचथर : पाँचथर जिल्लका अधिकांस मतदाता स्थल साँघुरा रहेका छन । साँघुरा केन्द्रमा मतादातालाई मत हाल्न समस्या हुने भएको छ । साँघुरा मतदान केन्द्र भएकाले मतदान गर्न समय लाग्ने भएको छ ।
तोकिएको समय भन्दा बढिसमय लाग्ने सम्भावना छ । बेलुका ५ बजेसम्म भन्दा समय बढिलाग्ने देखिएको जिल्ला निर्वाचन अधिकृत ध्रुबकुमार राईले जनाए । जिल्लाका अधिकांस केन्द्र विद्यालयका खेलमैदानमा बनाइएको छ । खेल मैदानमा विद्यालय भवन निर्माणका कारण सागुरो भइ एकै मतदातालाई धेरै समय लाग्ने देखिएको छ । पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछि मात्रै गरिने छ ।
यसले गर्दा मतपेटिका सुरक्षालाई कडा पानुपर्ने अवस्था रहेको अधिकृत राइले बताए । जिल्लामा निर्वातन सम्पन्न गराउन १ सय ६५ मतदान केन्द्रमा एक हजार ४ सय जना कर्मचारी खटिनेछन ।






















































