चुम्लुङ इलामको अधिवेशन तयारी पूरा

फाइल तस्विर

नयाँ बुलन्द

इलाम : किरात याक्थुङ चुम्लुङ इलामको सातौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । इलाम सदरमुकाममा हुने अधिवेनको सम्पूर्ण तयारी पूरा भएको चुम्लुङका अध्यक्ष चक्र येक्तेन (अभिषेक) ले जानकारी दिए ।

‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ हुने अधिवेनमा जिल्लाका साविककका गाउँ र नगर शाखाबाट ९५ जना प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ । किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष मलिसा याक्थुम्बाको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यत्र,mममा सांस्कृतिक झाँकी प्रदर्शन, व्यक्तित्व सम्मान लगायतको कार्यक्रम तय भएको छ ।

अधिवेनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार