नयाँ बुलन्द
पाँचथर : संघीय समाजवादी फोरम नेपालले अहिले चुनावी गतिविधि तीब्र बनाएको छ । याङवरक गाउँपालिका ओयाममा चुनावी आम सभा प्रविन नेम्बाङ को प्रमुख आतिथ्यमा सम्पन भएको छ ।
कार्यक्रममा पार्टी केन्द्रिय राजनितिक समिति सदस्य नेम्बाङ ,विशेष अतिथि केन्द्रिय सदस्य भूपेन्द्र नेम्बाङ, केन्द्रीय सदस्य तथा पाँचथर प्रतिनिधि सभा प्रत्यक्ष उम्मेद्वार प्रेमराज लावती, केन्द्रीय परिषद सदस्य प्रदेश समानुपातिक उम्मेदवार तिलबिक्रम चेम्जोङ, केन्द्रीय परिषद सदस्य राजेन्द्र जवेगु, विष्णु लावती, जिल्ला उपाध्यक्ष तथा निर्वाचन छेत्र १ (क )उम्मेदवार विर्खबहादुर वाइबा, जिल्ला सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेद्वार युद्धबहादुर बोहोरा लगायतका पार्टी नेताहरूले सम्बोधन गरेक थिए ।
मन्तव्यमा समयलाई बुझेर अव युवाहरू अघि बढ्ने समय भएको र भावी सन्ततिका लागि समग्र बिकास ससफो नेपालले मात्र गर्न सक्छ । त्यसैले मंसिर १० को चुनावमा संघीय समाजवादी फोरम नेपाल पार्टी लाई भोट दिन साथै प्रतिनिधि र प्रदेशका प्रत्यक्ष उम्मेदवारलाई वहुमत दिई जिताउन आग्रह गरेका थिए । कार्यक्रममा याङवरक गाउँपालिका १ का तिर्थ राईको नेतृत्वमा २५ जना युवा र सोही गाउँपालिका ६ का हेम योक्पाङदेनको नेतृत्वमा १५ जना युवाले नेपाली कांग्रेस र एमाले परित्याग गरी ससफो नेपालमा प्रवेश भएका छन् ।
कार्यक्रम राम नुगोको अध्यक्षतामा सम्पन्न भएको थियो ।














































