कांग्रेसको स्थानीय घोषणापत्र सार्वजनिक

नयाँ बुलन्द

झापा : नेपाली कांग्रेस क्षेत्रीय समितिले आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभालाई लक्षित गरेर आफनो स्थानीय घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलवार दमकमा एक कार्यक्रम गरि पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्र कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,प्रतिनिधीसभा सदस्यका उम्मेदवार डा.खगेन्द्रपाण्डव अधिकारी, प्रदेशसभाका उम्मेदवार अधिबक्ता राजनबहादुर ढुंगाना, घोषणापत्र तयारी उपसमितिका संयोजक डा.नेत्रबहादुर बुढाथोकी, महासमिति सदस्य शुरेस सुब्बाले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा कांग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार डा.अधिकारी, प्रदेशसभा सदस्यका उम्मेदवार ढुंगाना, घोषणापत्र तयारी उपसमितिका संयोजक डा. बुढाथोकीले सार्वजनिक गरिएको स्थानीय स्तरका आफनो घोषणा पत्र कार्यान्वयन गराएर छाड्ने सामूहिक प्रतिवद्धता जनाएका थिए । २९ बुदे सार्वजनिक घोषणापत्रमा दमक, कमल गाँउपालिकाका विभिन्न विकासका योजनाहरुलाई समेटिएका छन् ।

घोषणापत्रमा दमकलाई प्रदेशको राजधानी बनाउन पहल गर्नेदेखि विमानस्थल ,सडक ,रंगशाला ,क्याम्पसलाई स्तरनन्ति गरिने उल्लेख गरिएको छ । जसअनुसार मावा र रतुवा नदीका दुवै क्षेत्रमा पक्की सडक निर्माण गरि यातायात सञ्चालन गराउने, दमक र लखनपुरलाई जोड्नका लागि रिङरोड बनाउने,कमल गााउपालिकाको उत्तरी क्षेत्रमा संम्भयता अध्ययन गरि बिमानस्थल बनाउन पहल गरिने,दमक क्याम्पसलाई प्रदेशस्तरिय बिश्वविद्यालयको रुपमा स्थापित गरिने, कमलमा अवस्थित रंगशालालाई आदिवासी जनजाति रंगशाला बनाउने,दमकलाई उत्तरी पहाडी क्षेत्रसंग सिधा जोड्न हाल सञ्चालित योजनालाई प्रभावकारी गरि व्यापारीक क्षेत्र बनाउने लगायतका योजना सार्वजनिक गरिएको घोषणापत्र प्रतिवद्धतासाथ उल्लेख छन् ।

त्यस कार्यक्रममा पार्टीका नगर सभापति रोशन विष्ट, महिला संघकी नगर सभापति मन्दरा पौडेल,घोषणापत्र तयारी उपसमितिका सदस्य यज्ञराज गिरीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार