पूर्वमन्त्री शेरधन राईको गाडीमा बम आक्रमण, सुरक्षागार्ड असई घाइते

भोजपुर : पूर्व सुचना तथा सञ्चारमन्त्री तथा एमाले नेता शेरधन राईको गाडीमाथि बम र गोली प्रहार भएको छ ।

भोजपुर सदरमुकामदेखि टेम्केमैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा बिहान १० बजे टेम्केमैयुँ गाउँपालिका-६ गुम्बामा राई सवार बा १५ च ५६०८ नम्बरको वनटेन गाडीमा बम प्रहार भएको हो । तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले राईको गाडीमाथि बम र गोली प्रहार गरेको शेरधन राइले बताएका छन् ।

बमबाट राईको सुरक्षामा खटिएका असई डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भाग क्षति भएको राइले बताएका छन्। आक्रमणपछि राइका सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाले पनि २१ राउण्ड जवाफी फायर गरेको र राई, उनको साथमा रहेका कार्यकर्ता सकुशल रहेको रार्इले बताए ।

भोजपुर क्षेत्र नं २ का वाम गठबन्धनका उम्मेदवार राईले निर्वाचनमा आफूले जित्ने निश्चित भएको र यसलाई रोक्नका लागि प्रतिद्वन्द्वीहरुले ज्यान मार्ने षडयन्त्र गरेको आरोप लगाए । सरकार सुरक्षमा संवेदनशील नभएको राईले बताए ।

 जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रहरी निरीक्षक गितनारायण चौधरीले आक्रमण गर्ने समूहको पह्चिान नभएको र प्रहरीको टोली घटनास्थल खटाइएको बताए । अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार