काठमाडौं : देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठुला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् ।
एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो । स्रोतका अनुसार दुवईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए । तर हल्ला नगरी उनलाई अदालत पेश गरियो । उनी भोलिप्लटै सामान्य धरौटीमा छुटे । भुषालले प्रहरी नेतृत्वदेखि अदालतसम्म सेटिङ मिलाएर त्यसरी उन्मुक्ति पाएका हुन् ।
सबैसंग कुरा मिलेपछि उनी नेपाल आएका थिए । सीआईवीले गरको अनुसन्धानमा साढे ३३ किलो सुन तस्करीका प्रमुख नाईके नै उनै भुषाल हुन् । तस्करीमा भरियाको रुपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाही जेलमा छन् ।, यो खबर आज प्रकाशित दृष्टि साप्ताहिकमा छ ।