
नयाँ बुलन्द
राजविराज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद शिवचन्द्र मिश्र संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
उनीसँगै कांग्रेसका अर्का प्रभावशाली नेता तथा पूर्व प्राध्यापक अमरनाथ झा र राजविराज क्याम्पसका पूर्व स्ववियू सदस्य टुनटुन यादव पनि संघीय फोरममा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेको यादवका प्रेस संयोजक महेश चौरसियाले बताए ।














































