मंसीर ९ गते मिनि म्याराथन प्रतियोगिता

म्याराथन प्रतियोगिताका बारे जानकारी दिर्दै समूहका काव अध्यक्ष दीवस राई ।

नयाँ बुलन्द

झापा : दमक रन समूहले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर मिनि म्याराथन गर्ने भएको छ ।

समूहले आगामी मंसिर ९ गते ५ देखि १५ किलोमिटरसम्म लामो दुरीको दौडको आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । आइतबार दमक रन समूहको कार्यालयमा पत्रकार सम्मेलन गरि म्याराथन प्रतियोगिताको तयारीका बारे जानकारी दिएको हो । संस्थाका कार्यवाहक अध्यक्ष दिवस राईले प्रतियोगितामा महिला र पुरुष गरि ७ बर्षदेखि ४५ वर्ष माथिका करिव २५ सय खेलाडीहरुले प्रतिष्पर्धा गर्नें जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय स्तरदेखि मोेफसलका खेलाडीहरु सहभागि हुने छन् ।

मिनि म्याराथनको मुख्य आकर्षण किर्तिमानी धावक बैकुण्ठ मानन्धर रहने छन् । मानन्धरले पनि दौडिएर सहभागीहरुको मनोवल बढाउने अध्यक्ष राईले बताए ।

१५ किलोमिटर दौड प्रतियोगिता उमेर समूहअनुसार ५ विद्यामा विभाजन गरिएको छ । काव अध्यक्ष राईका अनुसार ७ बर्षदेखि १२ बर्ष उमेर समूहका बालबालिकाको ५ किलोमिटर दौड हुनेछ । उक्त समूहतर्फ प्रथम हुनेले नगद ७ हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछ । १३ बर्षदेखि १६ बर्ष उमेर समूहका किशोरकिशोरीको १५ किमी दौडमा प्रथम हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैया प्राप्त गर्ने काबा अध्यक्ष राईले बताए ।

उनले प्रतियोगिताको मुख्य आकर्षक १७ देखि ३५ बर्ष उमेर समूहको खुल्ला दौड हुने बताए । उक्त दौडमा पुरुषतर्फ प्रथम हुनेले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैया प्राप्त गर्नेछन् । उक्त उमेर समूहको महिला खुल्लातर्फ प्रथम हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैया प्राप्त गर्नेछ । यस्तै ३६ देखि ४५ बर्ष उमेर समूहको भेट्रान तथा ४६ बर्षदेखि माथि उमेर समूहको सुपर भेट्रानतर्फ प्रथम हुने महिला,पुरुष दुवैले समान ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैया प्राप्त गर्नेछ ।

प्रतियोगिता सम्पन्न गर्न १८ लाख रुपैया खर्च हुने अनुमान गरेको राईले बताए । उनले यसमध्ये पुरस्कारतर्फ मात्रै ३ लाख ३० हजार रुपैया खर्च हुने बताए । ३ बर्षअघि स्थापना भएको दमक रनले प्रत्येक शनिबार ५ किलोमिटर दौड गराउदै आएको छ । उसले गत बर्ष पहिलो पटक १० किलोमिटरको मिनी म्याराथन दौड आयोजना गरेको थियो ।

यसैगरि समूहले यसैवर्षदेखि ३ लाख ३३ हजार ३३३ रुपैया राशी रहेको रनिङ शिल्ड समेत शुरु गरिने समूहले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार