नयाँ बुलन्द
इलाम : जिल्लाको पश्चिमी क्षेत्रका स्थापित कवि प्रकाश खनालको एकल कविता बाचन देउमाई नगरपालिका स्थित मंगलबारेमा शुक्रबार सम्पन्न भएको छ । मंगलबारेमा भर्खरै स्थापना भएको ‘समाजका लागि यूवा’ नामक संस्थाले कवि खनालको एकल वाचन आयोजना गरेको हो ।
कार्यक्रममा कवि खनालले हाँस्य ब्यङग्य, माया प्रेम र समाजको यथार्थ चित्रण गर्ने किसिमका कविता प्रस्तुत गरेका थिए । उनका कविता सुनेर युवा वर्ग उत्साहित देखिन्थ्यो । माया, प्रेम र हाँस्य ब्यङ्ग्य कविता प्रस्तुत गर्दा युवा जमातको ताली र हुटिङ उर्लिने गरेको थियो ।
उनले गद्य र पद्य गरि जम्मा १९ वटा कविता प्रस्तुत गरेका थिए । पचास रुपयाँको टिकट काटेर दुई सय वढि स्थानिय कविता सुन्न भेला भएका थिए ।
देउमाई नगरपालिका मंगलबारेका मेयर सुर्य पोख्रेलले कवि खनाललाई सन्मान गरेका थिए । कार्यक्रममा मेयर पोख्रेल सहित कार्यकारी अधिकृत भिमप्रसाद दाहाल, वडा नम्वर चारका अध्यक्ष राजेन्द्र वास्तोला, इलाका प्रहरी कार्यालय मंगलबारेका प्रमुख अमर निरौला लगायतको उपस्थिती रहेको थियो ।
खनाल भानुभक्त मावि मंगलबारेका पूर्व प्रधानाध्यापक पनि हुन । मंगलबारे क्षेत्रमा खनाल नेपाली विषयका पुराना शिक्षकका रुपमा कहलिन्छन् । आफुले जान्ने भए देखी नै कविता लेख्न थालेको वताउने कवि खनाल सो क्षेत्रमा हुने प्राय सवै जसो कार्यक्रममा उपस्थित हुन्छन् । राजनिति होस या शैक्षिक जुन सुकै कार्यक्रममा उनी मन्तब्य राख्नु पूर्व कविताबाट नै सुरु गर्ने गर्दछन् ।
समाजका लागि यूवा नामक स.स्थाले गरेको यो नै पहिलो कार्यक्रम भएको संयोजक मोती गौतमले वताए । मंगलबारे वजारमा लाइब्रेरी र सूचना केन्द्र स्थापना गर्ने अनी यूवाहरुको नेतृत्व विकास गर्नका लागि सो संस्था स्थापना गरिएको संयोजक गौतमको भनाई छ । पैसा तिरेर साहित्य सुन्ने मानिस भेला भएको संभवत यो नै पहिलो भएको गौतम बताउँछन् ।