हाङ्गुरे खेलमैदानमा फुटबल प्रतियोगिता उद्घाटन

नयाँ बुलन्द

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका-५, सिङ्गहाङस्थित हाङ्गुरे खेलमैदानमा पुरुष नकाउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको छ ।

प्रतियोगितामा फाक्तेप युथ क्लबका अध्यक्ष पन्चबहादुर चेम्जोङको अध्यक्षता पाँचथर क्षेत्र नम्बर-२, का निवर्तमान संसद तथा नेपाली काङ्ग्रेस पाँचथरबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार भीष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो ।

विशेष अतिथिमा पाँचथर जिल्ला संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेद्वार युद्धबहादुर बोहोरा र जनप्रतिनिधिहरु लगायत विविन्न पार्टीका प्रतिनिधि, सुरक्षाकर्मी,पत्रकारको उपस्थिति थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद ६५ हजार रुपैयाँ र द्वितीय पुरस्कार ३५ हजार रुपैयाँ रहेको छ । खेलमा इलाम र पाँचथरका जम्मा २८ टिमको सहभागीता रहेको छ ।

फाक्तेप युथ क्लबले विगत वर्षदेखि खेलहरुको आयोजना गर्दै आइरहेको छ । यस क्लबले दैवीप्रकोप, विपद र समाजमा रहेका विपन्नवर्गलाई आर्थिक सरसहयोग गर्दै आएको क्लब सचिव नविन चेम्जोङले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार