नयाँ बुलन्द
झापा : दमक नगरपालिकाले वडा नम्बर ३ मा वडा कार्यालय स्थापना गरिएको छ । बाघखोरमा एक कार्यक्रम गरि नगरपालिकाले वडा कार्यालय सञ्चालनमा ल्याएको हो । वडा कार्यालयको नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे ।
यसअघि नगरपालिकाले वडा नम्बर ८ मा समेत वडा कार्यालय सञ्चालनमा ल्याएको थियो ।
त्यस अवसरमा नगर प्रमुख ओलीले नगरपालिका जनतालाई छिटोछरितो र पारदर्शी रुपमा सेवा प्रदान गर्नका लागि प्रयत्नशील रहदै आएको बताए । उनले वडा कार्यालयहरुको भवन निर्माण नगरपालिकाको प्राथमिकताको सूचिमा नै रहेको पनि उल्लेख गरे ।
कार्यक्रममा वडाध्यक्ष नविन बरालले अब चाँडै नै वडावासीलाई पायक पर्ने ठाँउमा वडा कार्यालयको आफ्नै भवन बनाउने काम समेत शुरु गरिने बताएका थिए । सो कार्यक्रममा नगर उपप्रमुख गीता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।






















































