सतासी गोल्डकपको तयारी पूरा

गोल्डकपको बारेमा जानकारी दिदै क्लवका अधयक्ष रमेश लावती

नयाँ बुलन्द

झापा : झापाको शिवसतासी नगरपालिकामा यहि कातिक २८ गतेदेखि हुने दोश्रो सतासी गोल्डकप प्रतियोगिता–२०७४ को तयारी पूरा भएको छ । शिवसतासी–८ मा खेलकुद एकाडमी सञ्चालनार्थ रंगशाला निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले स्थानीय सतासीधाम स्पोर्टिङ क्लवले यहि कातिक २८ गतेदेखि मंसीर ७ गते सम्म गोल्डकपको आयोजना गर्न लागेको हो ।

क्लवले आज विहान गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

क्लवका अध्यक्ष रमेश लावतीले दोश्रो सतासी गोल्डकपको सवै तयारी पूरा भएको जानकारी दिए । उनले शिवसतासीमा सुविधा सम्पन्न खेलकुद निर्माण गर्न सहयोग जुटाउन उद्देश्यले गोल्डकपलाई यसवर्ष समेत निरन्तरता दिएको बताए । क्लवले गत बैशाखको अन्तिम साता प्रथम सतासी गोल्डकप सम्पन्न गरेको थियो । त्यस गोल्डकपबाट क्लवले रु २१ लाख बचत गर्न सफल भएको अध्यक्ष लावतीले जानकारी दिए ।

शिवसतासी नगरपालिकाको संयोजनमा हुने उक्त प्रतियोगिताका विजेताले रु ५ लाख, उपविजेताले रु २ लाख ५० हजार ,मेडल,ट्रफि , प्रमाणपत्र पाउने छन् । त्यस्तै म्यान अफ दि सिरिज प्राप्त गर्ने १ जनालाई रु ५० हजार, हाईस्कोरलाई रु २५ हजार,एतकृष्ठ मिडफिल्डर, फरवार्ड, डिफेन्स र गोलकिपरलाई जनही रु २० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद रु १० हजार प्रदान गरिने अध्यक्ष लावतीले जानकारी दिए ।

कार्यक्रममा प्रतियोगिताका आर्थिक संयोजक गणेश प्रधानले प्रतियोगिता सम्पन्न गर्न कुल रु ८१ लाख बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, फूटवल संघ झापाका अध्यक्ष जलकुमार गुरुङ, उपाध्यक्ष तथा प्रशिक्षक भगीरथ आले मगर, क्लवका उपाध्यक्ष फूर्वा तामाङ, सल्लाहकार योगेन लावतीलगायतको गोल्डकपको बारेमा बोलेका थिए ।

गोल्डकपको उद्घाटन खेल रमपम झापा ११ र पोखरा ११ बीच हुने छ भने डाइमण्ड अफ फूटबल एकाडमी मध्य प्रदेश भारत ,एपिएफ, नेपाल आर्मी क्लव, चर्च व्याईज, रुपेन्देही ११, मोरङ ११, मनाङ मस्र्याङदी क्लव र आयोजक सतासीधाम स्पोर्टिङ क्लव गरि १० टिम सहभागि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार