जसले जिते एभरेस्ट आइडल यूके

काठमाडौं : ई–मिडिया हबयूकेले आयोजना गरेको एभरेस्ट आइडल यूकेको पहिलो उपाधि लन्डन निवासी सोनाहाङ राईले जिते । म्यानचेस्टर निवासीनिमनतामाङ उपविजेताबने भने आसफोड निवासीदीपप्रकाश राई दोस्रो उपविजेता ।

भोजपुर अन्नपूर्णकासोनाहाङ गीत–संगीतलाई आफ्नो संस्कार, संस्कृतिअनिमौलिक परम्परा झल्काउने समाजको दर्पणका रुपमा लिन्छन् ।उनले स्कुले जीवनदेखिनै गाउनसुरु गरेकाहुन्।उनी स्कुल र कलेजकाविभिन्नगायनप्रतियोगितामाप्रथमभएकाथिए । २०६३ सालमा संगीतमास्नातकोत्तर उनलेगन्धर्व संगीतविद्यालयअसनमाचन्दनकुमार श्रेष्ठसँग ६ वर्ष संगीतशिक्षापनिलिए। त्यसपछिउनीविभिन्नविद्यालयलगायतआस्थाकला केन्द्र चक्रपथमा संगीतशिक्षककारूपमाकार्यरत पनि रहेका थिए ।

पुरानामाभक्तराजआचार्य अनि समकालीनमाशिव परियारलाई आफ्नो आइडल मान्ने उनीसरल जीवनयापनगर्न मन पराउँछन्। जस्तो गीतपनिकुशलतापूर्वक गाउन सक्ने क्षमता राख्ने उनीजहाँ रहे पनि राम्रो गायक, कलाकार बनेर नेपालीगीतसंगीतकानिम्तिआफुले गर्न सक्ने योगदानदिने बताउँछन्। सन् २०१५ देखिअक्सब्रिज, लन्डनमा रहँदै आएकाउनी फुर्सदको समयमा रियाज र सांगीतिकगतिविधिमा समय व्यतीतगर्न मन पराउँछन् ।

पहिलो उपविजेतानिमनझापाको दमकघर भई रोचडेल, म्यान्चेस्टरमा बस्दै आएका छन् । प्रायः स्टेज प्रोग्राममाआफ्नो कौशलप्रदर्शन गर्दै आएकाउनीपनि स्कुले जीवनदेखि नै गायन–यात्राथालेको बताउँछन्।सन् २०१० माकक्षा ९ मा पढ्दै गरेको बेलाअन्तविद्यालयगायनप्रतियोगितामाप्रथम भएपछि सशक्त ढंगले गायनतर्फ अघि बढ्ने प्रेरणा मिलेको बताउने उनले संगीतको औपचारिक शिक्षाभने लिएका छैनन। यद्यपि,अभ्यासले पोख्तहुँदै गरेको अनुभव छ उनको । भुटानी नेप्लिज कम्युनिटीका आजीवन सदस्य रहेकाउनीजीवनभोगाइका अनेक उतारचढावले धेरै सिकाएको बताउँछन्।

गायक स्वरूपराजआचार्य उनका मन पर्ने गायकहुन् ।

खोटाङ इन्द्रेणीपोखरीकादीपप्रकाशआसफोर्ड केन्टमा बसोबास गर्छन् । सेवानिवृत्त बेलायतीगोर्खा सैनिकउनीहिमालयन थर्ड जेनेरेसन ब्यान्डका बेस गिटारिस्ट एवं भोकलिस्ट हुन्।विश्वकाअधिकांश देशकामकै सिलसिलामा भ्रमण गरिसकेकाउनलेसंगीतको औपचारिकशिक्षालिएका छैनन्।जिन्दगीको अनुभवले धेरै कुरा सिकाएको उनी सुनाउँछन् ।उनले आफ्नो आदर्शका रूपमाएसी÷डीसीलाई लिएका छन् ।त्यस्तै खाले रक गीत सुनाउने प्रयास गर्छन् उनी ।
यूकेबाट मुकेश राईको सहयोगमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार