संघीय फोरम र नेपाल समावेशी पार्टीबीच एकीकरण

नयाँ बुलन्द

सुनसरी : संघीय समाजबादी फोरम र नेपाल समाबेशी पार्टीबीच एकता भएको छ । सुनसरीको रामधुनी नगरपालिकाको झुम्काबजारस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर दुईपार्टी बीच एकताकोे घोषणा गरिएको हो।

पार्टी एकिकरण कार्यक्रममा ससफोका उपाध्यक्ष युवराज कार्की र समाबेशीका तर्फबाट लोकेन्द्र कार्कीले हस्ताक्षरित बिज्ञप्ती जारी गरिएको छ । एकिकरण पछि समाबेशी पार्टीका तर्फबाट लोकेन्द्र कार्कीले पार्टी अध्यक्ष मोतिलाल भारती नेपाली कांग्रेससँग गलामिलाउन गएकोले आँफु नेतृत्वको संघीयता पक्षधरको समुह ससफोसँग एकिकरणमा आएको बताए ।

उनले पार्टी एकिकरणको घोषणपछि आँफू नेतृत्वको समुह ससफोको झण्डामुनी गोलबद्व भएको भन्दै सबै जिल्ला, नगर, अनि गाउँकमिटीहरुलाई संघीय समाजबादी फोरमको जितका लागि अगी बढ्न निर्देशन दिए ।

यसैगरी ससफोका तर्फबाट युवराज कार्कीले संघीयता पक्षधर शक्तिहरुबीच एकिकरण आवश्यक रहेको भन्दै त्यस्ता २५ वटा भन्दा बढी शक्तिहरुबीच बार्ताको क्रम जारीरहेको बताए । उनले कांग्रेस एमाले, माओवादीहरुले देशलाई बवार्दीतर्फ लगेको आरोप लगाउँदै ससफोले मात्र नेपाललाई निकास दिन सक्ने दावी गरे ।

कार्यक्रममा ससफोका केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ३ का उम्मेद्वार पदम अधिकारी, क्षेत्र नम्बर २ का उम्मेद्वार तेजनारायण चौधरी, सुनसरी जिल्ला इञ्चार्ज भिम राई, सुनसरी जिल्ला अध्यक्ष महेन्द्र यादव, केन्द्रिय सल्लाहकार ध्रुव सुब्बा थिए ।

यस्तै समावेशी पार्टीका तर्फबाट उपाध्यक्ष कार्कीका साथै महामन्त्री झपिन्द्र पराजुली, केन्द्रिय सदस्यहरु नरेन्द्र कटवाल, जितेन्द्र बुढाथोकी, उमेश कटवाल, तारा केसी, अनिल तामां यस्तै समानुपातिक उम्मेद्वारहरु फुलकुमारी चौधरी, नविसा खातुन लगायत उपस्थित थिए। समावेशी पार्टीको १२१ सदस्य केन्द्रिय समितीमध्ये ८४ जना कार्कीसँगै ससफोसँग एकिकरणमा आएको केन्द्रिय सदस्य पदम अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार