नयाँ बुलन्द
इलाम : आसन्न २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलामका ७२ वटा मतदानस्थल संवेदनशील मानिएको छ । सुरक्षाको दृष्टिले गाउँका ७२ वटा मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।
जिल्लाका एक सय ४४ मतदान स्थलमध्ये संवेदनशील मानिएको ७२ वटा स्थलमा छुट्टै सुरक्षा रणनीति बनाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बाँकी मतदानस्थल सामान्य रहेको जनाईएको छ ।
एक ४४ मतदान स्थलमा दुई सय ६६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये कुनैपनि मतदान केन्द्रहरु अति संवेदनशील भने नरहेको जिल्ला प्रशासनले जनाएको छ ।






















































