अबको चुनाव लोकतन्त्र की कम्यूनिष्ट चाहनेको लडाई : थापा

नयाँ बुलन्द

झापा : नेपाली कांग्रैस इलाम क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार केशब थापाले मुलुकमा कम्युनिष्ट शासन ल्याउन उद्देश्यले बाम गठबन्धन भएको टिप्पणी गरेका छन् । बाम गठबन्धनका कारण मुलुक धु्रवीकरण तर्फ उन्मुख भएको उनको भनाई छ । बामगठबन्धनले आसन्न निर्वाचन पछि दुई तिहाई ल्याएर कम्यूनिष्ट शासन ल्याउन खोजे कांग्रेस चुप लागेर नबस्ने उनले चेतावनी दिए ।

नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिले दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस इलामका पूर्व सभापति समेत रहेका उम्मेदवार थापाले जतिनै एकता गरे पनि लोकतन्त्र जोगाउनका कांग्रेसको बिकल्प नभएको जोड दिए । कांग्रेस मात्र लोकतन्त्रको पक्षपाती भएको जिकीर गर्दें उम्मेदवार थापाले लोकतन्त्रका रक्षार्थ जनताले कांग्रेसलाई जिताउने ठोकुवा गरे। उनले भने,– ‘ अवको निर्वाचन कम्यूनिष्ट शासन रोज्ने, लोकतन्त्रको समुचित विकास गर्ने पार्टीलाई रोज्ने ?’

प्रजातन्त्रलाई अझ संस्थागत गर्नको लागि नागरिकहरुले कांग्रेसलाईनै रोज्ने बताउँदै आफु गाउँमा जाँदा पनि प्रजातन्त्र प्रति नागरिकहरुको चिन्ता रहेको पाएको उनले सुनाए ।

ईलामको क्षेत्र नम्बर २ बाट पटक पटक कम्युनिष्टले निर्वाचन जिते पनि बिकास नभएको भन्दै उनले भने,–‘ अव यस क्षेत्रका बासिन्दाले परिवर्तन चाहेका छन्, त्यस परिवर्तनको अगुवाई कांग्रेसले मात्र गर्न सक्छ ।’ कांग्रेसको सरकार भएको बेला शुरु गरिएको झापाको दमकदेखि ईलामको रविसंग जोड्ने फाल्गुनन्द मार्ग निर्माण पूरा गर्ने आफ्नो पहिलो एजेण्डा रहेको पनि उम्मेद्वार थापाले स्पष्ट पारे ।

पत्रकार भेटघाट कार्यक्रममा ईलाम क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश नम्बर ‘ख’का उम्मेद्वार खगेन्द्र देवानले कांग्रेसलाई नै रोज्ने बताएका थिए ।

उम्मेदवारसहितको कांग्रेस टोलीले शनिवार माङसेवुङलगायतका क्षेत्रमा मतदाता माँझ चुनावी अभियानमा सहभागि भएको थियो । त्यसक्रममा त्यहाँका बासिन्दाहरुले पटक पटक यस क्षेत्रबाट एमालेका नेता सुवासचन्द्र नेम्बाङलाई जिताएर पठाए पनि उल्लेखीय कुनै पनि दिगो काम गर्न नसकेको गुनासो सुनाएका थिए । उम्मेदवार टोलीले आईतबारनै दमकमा दक्षिणी चुलाचुली क्षेत्रका पार्टी कार्यकर्ता, शुभेच्छुकहरुसंग अन्तरकृयामा सहभागि भएको तरुण दल झापाका उपसभापति राजकुमार न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार