नयाँ बुलन्द
चुलाचुली : संघीय समाजवादी फोरम चुलाचुली गाँउ समितिको आज शनिबार सम्पन्न प्रथम अधिवेशनबाट गंगा साउदेनको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति निर्वाचित भएको छ । गाँउ समितिका अध्यक्ष नरेस माङमु लिम्बुको अध्यक्षतामा तथा ससफो नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चेम्जोङले भने – अब फेरी पहिचानवादी शक्तिहरुलाई एक हुने अवसर दिएको छ । अबको आसन्न प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनलाई सदुपयोग गर्दै आफ्नो हक अधिकार सुनिश्चित बनाउनका निमित्त पहिचानवादी शक्तिहरु एक हुनु पर्ने बताए ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य आर.सि.तुम्बा, के.स तथा लिम्बुवान प्रदेश समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय नेता प्रविण चाम्लिङ्ग, हरिदेवी राई, लिम्बुवान प्रदेश सल्लाहकार महेन्द्र लावती, लिम्बुवान प्रदेश कोषाध्यक्ष केवलराम राई, सदस्य, उमेश थापा, गंगा राई शेर्मा, ससफो झापा सचिव युवा नेता शुसिलकुमार राई, लिम्बुवान प्रदेशका नेता पुरन राई लगायतको उपस्थिति रहेको थियो ।
गाँउ अधिवेशन कार्यक्रम संगै विभिन्न पार्टी परित्याग गरि संघीय समाजवादी फोरममा प्रवेश गरेको छ । नव प्रवेशिहरुलाई पार्टीको केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङले अविर लगाएर पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशिहरुमा केही स्वतन्त्र व्यक्तिहरु पनि पार्टी प्रवेश गरेको आयोजक समितिले जनाएको छ ।






















































