नयाँ बुलन्द
इलाम : इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको दोस्रो दिन आज (शुक्रबार) बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुईचो लागेको छ ।
धाम आसपासमा पाल टाँगेर अस्थायी टहराहरु निर्माण गरी होटल व्यवसायहरु सञ्चालन भईरहेका छन् । अहिले गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको भीड लागेको छ । धाममा इभाङ्ग, जीतपुर, लुम्दे, धुसेनी, महमाई, एकतप्पालगायतको बाटो हुँदै पैदल र सवारी साधनमार्फत आउनेहरुको क्रम चलिरहेको छ ।
मेलालाई व्यवस्थित गर्न मूल आयोजक समिति र अन्य विभिन्न उपसमितिहरु क्रियाशील छन् ।
गजरमुखी धाममा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । धाममा नेपालको विभिन्न भू–भागस“गै भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, आसामलगायत स्थानबाट भक्तजनहरु आउने गरेका छन् । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहा“ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले संयौको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।
गजुरमुखी धाम सदरमुकाम इलामबाट करिब १२ कोष पश्चिममा पर्छ । यहाँ पुग्न मेची राजमार्ग अन्र्तगत इलामको नेपालटार–मंगलबारे–धुसेनी हुँदै कच्ची सडकमार्फत हिउँद याममा गजुरमुखी धाम पुग्न सकिन्छ । बर्षातको समयमा भने मंगलबारेबाट दुई घण्टाको पैदल ओरालो यात्रा पछि धाम पुग्न सकिन्छ ।