बस र मोटरसाइकल ठक्कर खाँदा तामाङ गम्भिर घाइते

नयाँ बुलन्द

इलाम : मेचीमार्गमा शुक्रबार यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा इलाम नगरपालिका ७ कुलधाराका ४५ वर्षीय भीमबहादूर तामाङ रहेका छन् । घाइते तामाङको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि झापाको बि एण्ड सी अस्पतालमा पठाइएको छ ।

ताप्लेजुङबाट काठमाडौँ जाँदै गरेको ना ६ क ५४५१ नम्बरको बस र इलामको गोलाखर्कबाट इलामबजार आउँदै गरेको मे ७ प ५५३० नम्बरको मोटरसाइकल इलाम नगरपालिका ९  सेरामा ठोकिँएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार