नयाँ बुलन्द
पथरी : पूर्वसभासद् एवम् नेपाल लोकतान्तृक फोरमका केन्द्रीय सदस्य राजकुमार नाल्बो बुधबार संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका छन् ।
फोरम लोकतान्तृकको नेतृत्वले निजी स्वार्थका लागि पहिचान र संघीयतालगायत अग्रगामी राजनीतिक मुद्दा छाडेर यथास्थितिवादी कित्तामा विलय भएको आरोप लगाउँदै नाल्बो ससफो नेपालमा प्रवेश गरेको उनीबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नाल्बोले अब अग्रगामी राजनीतिक मुद्दाको नेतृत्व ससफो नेपालले मात्रै गर्न सक्ने भन्दै सबैलाई साथ दिन अपिल समेत गरेका छन् ।
२०६४ सालको पहिलो संविधानसभामा तत्कालीन संघीय लोकतान्तृक रास्टृय मन्चबाट समानुपातिक सभासद् बनेका नाल्बो २०६८ चैतमा संविधानसभा बिघटनपछि राजनीतिक रूपमा केही समय निस्कृय बनेका थिए । २०७० देखि फोरम लोकतान्तृकको केन्द्रीय सदस्य उनी अध्यक्ष विजय गच्छादार नेपाली कांग्रेसमा प्रवेश गरेपछि हाल ससफो नेपाल प्रवेश गरेका हुन् ।
बुधबार मोरङको पथरीमा ससफो नेपाल लिम्बुवान प्रदेश समितिका नेताहरुसँगको छलफलपछि नाल्बोले प्रेस विज्ञप्ती जारी गरेर ससफो प्रवेश गरेको घोसणा गरेका हुन् ।






















































