नयाँ बुलन्द
झापा : संघीय समाजवादी फोरम नेपालबाट झापा क्षेत्र नं. ५ का उम्मेदवार विश्वदीप लिङ्देन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । फोरम नेपालले उम्मेदवार बनाउने निर्णय गरेर टिकट दिईसकेका व्यक्ति लिङ्देनले बुधबार टिकट र पार्टी दुवै परित्याग गरेका छने ।
उनलाई बुधबारै कांग्रेसले पार्टी प्रवेश गराएको छ । बिर्तामोडमा आयोजित एक विशेष कार्यक्रममा कांग्रेस नेताहरुले विश्वदीपसहित आएका जनजाति नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् । लिङ्देन पूर्व सभासद हुन् । उनले पहिलो संविधानसभा चुनावमा साविक झापा क्षेत्र नं. ७ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए ।
बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देन, फोरम नेपालका अर्का केन्द्रीय सदस्य एवं इलाम जिल्ला अध्यक्ष देवेन्द्र राई, संघीय लिम्बूवान पार्टीका पूर्व महासचिव सेसेहाङ खजुम, लिम्बूवानकै इलाम जिल्ला अध्यक्ष डम्बर लोरिङदेन, फोरम नेपालका प्रदेश समिति सचिव सुमन शर्मा जमरकट्टेल,
दलित मुक्ति मोर्चाका अध्यक्ष मोहन सेन्चुरी, नेवा देय दबुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार, संघीय नेवा संघका प्रदेश प्रमुख इन्द्र श्रेष्ठलगायत जनजाति नेता कांग्रेसमा प्रवेश गरेका हुन् ।














































