युद्धबहादुर बोहोरा
पाँचथर : घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारीक संस्थाको पाँचौ साधारणसभा सम्पन्न भएको छ ।
फाल्गुनन्द गाउँपालिका-५, घुर्बिसे पन्चमी बजारमा स्थापित संस्थाको साधारण सभा संस्थाका अध्यक्ष वीरनरसिंह चेम्जोङको अध्यक्षता र सहकारी डिभिजन कार्यलय इलामकाअधिकृत देवेन्द्रदास राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सहकारीले गत आर्थिक वर्षमा शेयर पूँजी, बचत, लगानी, सम्पुर्ण कोष हिसाब र सम्पत्ति तथा दायित्व सहित एक करोड ८७ लाख २४ हजार चार सय १२ रुपैयाँको कारोवार गरेको छ । कोषाध्यक्षको अनुपस्थितमा सचिव राजकुमार श्रेष्ठले २२ लाख ६३ हजार साठ्ठी रुपैया आम्दानीको हिसाव आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक सारानाथ पोख्रेलले लेखा प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका अध्यक्ष चेम्जोङले पेश गरेको प्रस्तावित कार्ययोजना तथा लक्ष्य सर्वसम्मतले पारित भएको थियो । सात सय ३९ जना सदस्य रहेको यस संस्थामा ३९६ महिला र ३४३ पुरुष तथा १४४ बाल बचत संख्या रहेको छ ।
२०७१ सालमा ५८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा यस संस्थालाई डिभिजन सहकारी कार्यलय इलामले पाँचथर जिल्लाको उत्कृष्ट बचत तथा ऋण पुरस्कार प्रदान गरेको छ । सहकारीले विविन्न क्षेत्रमा रहेका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको थियो।सम्मानित हुनेहरूमा वयोवृद्ध सदस्य दलप्रसाद चेम्जोङ र धनमाया चेम्जोङ,अशक्त कृष्णप्रसाद चेम्जोङ, असल ऋणीको कारोवार गर्ने बलबहादुर शेर्मा र दलित तथा उत्पीडित वर्गबाट वसन्त देवी दमाईलाई सम्मान गरेको छ।
सदस्यका परिवार बाट एसईई परिक्षामा उत्कृष्ट अङ्क ल्याउने सोनु चेम्जोङ,जमुना लामिछाने र मन्जेश चेम्जोङलाई प्रमुख अतिथि बाट सम्मान र प्रशंसा पत्र प्रदान गरिएको थियो। त्यस्तै,यस संस्थाबाट ऋण लिएर अलैंची खेतीमा लगानी गर्ने सफल उद्यमी तिलबिक्रम चेम्जोङ,कुखुरा पालन तर्फ दिनेश चेम्जोङ (लाक्पा) र गाई पालन तर्फ सविता भट्टराईलाई पुरस्कृत गरेको थियो ।
संस्थाले सदस्य परिवारका सुत्केरी, मृत्यु भएको परिवारहरुलाई सहयोग गर्दै आएको छ ।
कार्यक्रममा विशेष अतिथि सहमति संस्था सफल-२ परियोजनाका पाँचथर संयोजक विजय सुबेदी, वडाध्यक्ष अविन्द्रप्रसाद चेम्जोङ, बुद्धिजीवी ठाकुरसिंह थेगिम समाजसेवी तथा अगुवा कृषक तिलबिक्रम चेम्जोङ, जनप्रतिनिधि दानबहादुर अधिकारी लगायतले मन्तब्य राखेका थिए । तीन सय भन्दा बढी शेयर सदस्य र शुभचिन्तकहरुको साथमा नयाँ बुलन्दकर्मी युद्धबहादुर बोहोराको समेत उपस्थिति रहेको थियो । सभाको संचालन संस्था सचिव राजकुमार श्रेष्ठले गरेका थिए ।