
नयाँ बुलन्द
इभाङ : माङसेबुङ गाउँपालिका-२, इभाङका एक अग्नीपीडित परिवारलाई स्थानीय रेडस्टार क्लबले जस्तापाता उपलब्ध गराएको छ ।
आगलागीबाट घरबारविहीन कुमार श्रेष्ठको परिवारलाई क्लबले १८ हजार मुल्यको चार बण्डल जस्तापाता उपलब्ध गराएको हो । शनिबार आयोजित कार्यक्रमा क्लबका अध्यक्ष मदन राई र माङसेबुङ-२ का वडा अध्यक्ष पुष्पराज कार्कीले संयुक्त रुपमा श्रेष्ठको परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।
गत २४ भदौमा विद्युत सर्ट भई भएको आगलागीबाट श्रेष्ठको घर पूर्ण रुपमा क्षति भएको थियो । स्थानीयबाट संकलित राहत रकम र सहयोगबाट श्रेष्ठले व्यवहार चलाउँदै आएका छन् ।
आगलागीबाट पीडित परिवारलाई राहत हवस् भनेर थोरै भए पनि सहयोग गरेको क्लबले जनाएको छ । खेलकुद तथा विभिन्न सामाजिक-सांस्कृतिक विकास गर्ने उद्देश्यले गतवर्ष स्थापित रेडस्टार क्लबले विभिन्न सामाजिक काममा सक्रियता देखाउन थालेको छ ।






















































