नयाँ बुलन्द
दानाबारी : इलामको दानाबारीमा सञ्चालित तीन दिवसीय उद्घोषण तालिम शनिबार सकिएको छ ।
युनिटी समाज सुधार समूहले आयोजना गरेको तालिममा २८ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई सुवर्ण राईले सहजीकरण गरेका थिए ।आयोजक संस्थाको अध्यक्ष तिलबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघ माई नगर समन्वय परिषदका अध्यक्ष वीरु पापोलाई सम्मान समेत गरिएको थियो । प्रमुख अतिथी पापोले नेपाली संस्कृति र जातीय नृत्यमा भेषभुषाकाे जगेर्ना गर्न अाग्रह गरेका थिए ।
सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम समापनको अवसरमा अायाेजकबाट घाेडा नाच र देउसी नाच समेत प्रस्तुत भएको थियाे ।
कार्यक्रममा माई नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गम्भीरबहादुर तामाङले सबै ठाउँमा बिकासे कार्यक्रम पुर्याउन नसकेकाे स्वीकार गर्दै अागमी दिनमा बिकासे कार्यकर्म ल्णयाउने प्रतिवद्धता जनाएका थिए ।
साथै सोही कार्यक्रमको अवसरमा लक्ष्मी अादर्श जनता अाधारभूत विद्यालयको देउसी नाच समेत समापन गरिएको थियो ।






















































