कम्युनिष्ट एकता ‘शंकास्पद’ : कांग्रेस नेता शर्मा

अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै नेता शर्मा

नयाँ बुलन्द

झापा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले एमाले र माओवादी केन्द्रको एकताले संसदीय व्यवस्था समाप्त हुने आशंका जन्मिएको बताएका छन् ।

 विहिबार कांग्रेस दमक नगर समितिको पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा युवा नेता शर्माले दुई वटा पार्टीको सहमतीमा संसदीय व्यवस्था अन्त्य गर्ने शब्द नभए पनि आशंका गर्ने ठाउँहरु रहेको बताएका हुन् । एकले अर्कोलाई उग्र बामपन्थी र संसोधनबादी भनेर आरोप प्रत्यारोप गरिरहेका बेला यी दलहरु एकाएक मिल्ने कुरा गरेकाले यी दलहरुबाट कतै संसदीय व्यवस्थानै अन्त्य गर्ने हुन् की भन्ने आशंकाहरु जन्मिएको उनको भनाई थियो  । नेता शर्माले भने ,–‘ दुई दल मिल्नु सकारात्मक भएपनि उनीहरुको गतिविधीले कयौ आशंका जन्माएको छ ।’

कम्युनिष्टहरु मिले भनेर आत्तिनु भन्दा पनि कांग्रेस आफुमा एक भए कोही कसैले केहि गर्न नसक्ने उनको दावी थियो ।

एमाले र माओवादी केन्द्र एक भएकाले अब मधेसी, आदिवासी, जनजाति, महिला लगायत पिछडिएका बर्गहरुको मुद्धा उठाउने जिम्मा पनि एक्लै कांग्रेसको काँंधमा आएको शर्माले जिकीर गरे । जनयुद्धको समयमा माओवादी केन्द्रले उठाएको बर्गिय मुद्धाहरु एमालेसंगको बिलयसंगै सकिएको उल्लेख गदै नेता शर्माले अब सबै उत्पीडित समुदायको भरोसा कांग्रेसमै रहेको दाबी गरे । अव आदिवासी,जनजाति,उत्पीडित समुदायको पक्षमा कांग्रेसमा नै जनताको पार्टी भएको उनको विचार  थियो ।

कार्यक्रममा नेता शर्माले कांग्रेस रुपान्तरणको मार्गमा अघि बढेको बताउनुहुदै अव कांग्रेसले नै लोकतन्त्रको संस्थागत विकास गर्न बृहत लोकतान्त्रिक शक्तिहरुवीच सहकार्य गरेर मुलुकलाई अग्रगामी लैजान अगुवाई गर्नु पर्ने जोड दिए  ।

झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी ओलीसंग नेता शर्मालाई कांग्रेसले प्रतिनिधीसभा सदस्यका लागि उम्मेद्वारको रुपमा अघि सार्न लागेको छ भन्ने कार्यकर्ताहरुको जिज्ञासामा नेता शर्माले पार्टीले जहाँ खटाए त्यहाँ गएर आफनो कर्तव्य पूरा गर्न आफू सक्षम भएको विचार राखे  । उनले भने –‘ आफु पार्टीको जिम्मेवार सिपाही भएकाले झापा ५ मात्रै नभएर मुलुकका जुनसुकै ठाउँमा पठाए पनि जान तयार छु ।’

पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य शुरेश सुब्बा, राजनबहादुर ढुंगाना, पर्शुराम रिजाल, लता चपागाईं, रोशनकुमार गौतमलगायतका नेता कार्यकर्ताहरुले आप्mना जिज्ञासा नेता शर्मा समक्ष राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार