यज्ञशको कृति ‘भुइया’ माथि विमर्श

नयाँ बुलन्द

इलाम : पत्रकार तथा लेखक यज्ञशद्वारा लिखित भुँइमान्छेहरुको कथा कृति ‘भुइया’ माथि बिहीबार इलाममा विमर्श गरिएको छ ।

‘फरक आयाम’ नाम साहित्यिक संस्थाको आयोजना गरेको कार्यक्रममा ‘भुइया’ मा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो ।

कृतिका लेखक यज्ञशले पत्रकारिताको शिलशिलामा रिपोर्टिङ गर्न पुगेको क्षेत्रमा देखेको सवाललाई कृतिमा समावेश गरेका बताए । कृतिमा उल्लेख गरिएका विभिन्न पात्रहरुलाई पत्रकारिताका क्रममा नजिकबाट नियाल्ने अवसर पाएको भन्दै उनले कथाभन्दा पनि जीवन कथालाई लेख्न खोजिएको बताए ।

उनले पश्चिम तराईका भूमिहीन विपन्न थारु महिलाहरुको पीडा र वेदनालाई कृतिमा समावेश गरेका छन् । साथै त्यहाँका नागरिकलाई अहिलेसम्मका सबै सरकारले विभेद र उत्पीडनमा पारेको विषयलाई उनले कृतिमा उल्लेख गरेका छन् । ‘मैले पत्रकारिताका शिलशिलामा समाचार संकलन गर्न तराईका विभिन्न क्षेत्रमा पुग्दा देखेको भूमिहीन, आवावविहीन, अधिकारविहीन नागरिको वेदनालाई कृतिमा समेट्ने कोसिस गरेको छु’ उनले भने, ‘मैले पात्रहरुको यथार्थलाई नजिकबाट लियालेर उल्लेख गरेकाको छु ।’

कार्यक्रममा बोल्दै समिक्षक राजेन्द्र बराल र समालोचक मुनाराज शेर्माले कृतिले समग्र तराई मधेसको यथार्थलाई चित्रण गरेको बताएका थिए । लेखकले उत्पीडित आवाजबिहीनहरुको यथार्थ घटनाको चित्रण र भाषिक स्तरीयताले अन्य कृतिभन्दा ‘भुइया’  बढी पठनीय रहेको उल्लेख गरेका थिए ।

कार्यक्रमको सहजीकरण साहित्यकार प्रकाश थाम्सुहाङले गरेका थिए । कार्यक्रममा इलाम, झापा र पाँचथरका दर्जन बढी साहित्यकारहरुले टिप्पणी गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार