मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

नयाँ बुलन्द

इलाम : आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाममा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  सदरमुकामस्थित जिल्ला मालपोत कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

विराटनगर उच्च अदालतका न्यायाधीष रमेश पोखरेलले राजनीतिक दल, पत्रकार, कानुन व्यवसायी र आफ्ना मातहतका कर्मचारीको उपस्थितीमा कार्यालयको उद्घाटन गरे । उनले ४ चार नगरपालिका र छ गाउँपालिका रहेको इलाममा भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन सबैको सहयोगको अपेक्षा समेत गरे । मुख्य निर्वाचन अधिकृतमा झापा जिल्ला अदालतका न्यायाधीस कृष्णप्रसाद सुवेदी तोकिएका छन् । त्यस्तै निर्वाचन अधिकृतमा आत्मादेव जोशी तोकिएका छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सुवेदी, निर्वाचन अधिकृत जोशी, जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पाखरेल लगायतले निष्पक्ष ढङगले निर्वाचन सम्पन्न गराउन सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा दुई वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा प ४८ हजार चार सय ७८ महिला र ५२ हजार पाँच सय ८३ पुरुष गरी एक लाख एक हजार ६१ मतदाता छन् । क्षेत्र नम्बर २ मा ५० हजार आठ सय ७२ महिला, ५२ हजार एक सय ११ पुरुष र दुई तेश्रो लिङ्गी गरी एक लाख दुई हजार नौ सय ८५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार