नेकपा मालेकी पूर्व सांसद कमला विक संघीय फोरममा प्रवेश

काठमाडौं : नेकपा मालेकी पूर्व सांसद कमला विक संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छन् । बुधबार काठमाडौको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् ।

संघीय फोरमका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख पूर्ण बस्नेतले विक पार्टी प्रवेश गरेको बताए । विकलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले टीका लगाएर स्वागत गरेका छन् ।

सो अवसरमा पार्टीका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष रेणु यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, राजनीतिक समिति सदस्य तथा महिला विभाग प्रमुख सुशीला श्रेष्ठ, केन्द्रीय सदस्यहरु रेखा यादव, राधा तिमल्सिना, निर्मला यादव, लिला सिटौला, निर्मला तावा लगायत नेतृहरु सहभागी भएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार