क्रिस्टियानो रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड

रियल मड्रिडका पोर्चुजिग स्टार क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेका छन् । लण्डनमा भएको बेस्ट फिफा अवार्डमा रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी र पिएसजीका नेमारलाई पछि पार्दै यस संस्करणको फिफा अवार्ड जितेका हुन्।

रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो पाँचौ पटक हो। फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको दोस्रो बर्ष पनि रोनाल्डोले नै सफलता हात परेका छन।

रियलले गत बर्ष च्याम्पियन लिग र ला लिगा उपाधि जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको नेतृत्वमा आगामी बर्ष हुने फिफा विश्वकपमा पोर्चुगल छनोट भैसकेको छ ।

फ्रान्स फुटबल र फिफाले सन् २०१० देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर गत बर्षबाट नयाँ उपाधिको थालनी गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार