सुजता सुनुवार
इलाम : इलाममा म्यादी प्रहरीमा सहभागी हुनका लागि आवेदन दिएका १० जना अनुपस्थित भएका छन् । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सुरक्षाको लागि खटिन चाहेका उनीहरु सोमबार सञ्चालन भएको दौडमा सहभागी नभएका हुन् ।
इलाममा म्यादी प्रहरी बन्नका लागि तीन हजार एक सय जनाको आवेदन परेको थियो । जिल्लामा चुनाव सुरक्षाका लागि १२ सय २५ जना म्यादी प्रहरी आवश्यक रहेको प्रहरी नायव निरिक्षक मान बहादुर मिश्रले बताए । उनका अनुसार दुई हजार १९ जना पास भएका छन् । जसमा ११ सय १९ जना पुरुष र नौ सय महिला रहेका छन् ।
छनोट भइसकेपछि पनि केहीले बिचमै छोड्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक पनि राखिने बताइएको छ । खाली भएमा वैकल्पिकले अवसर पाउने प्रहरीले जनाएको छ ।















































