आम्दाका सघन कक्षको उद्घाटन

नयाँ बुलन्द

झापा : आम्दा नेपालद्वारा सञ्चालित आम्दा अस्पतालमा निर्माण भएको ६ बेड क्षमताको सघन उपचार कक्षको पनि उद्घाटन गरिएको छ । आम्दा नेपालको एक करोड र जापान सरकारको एक करोड गरि दुइ करोडको लागतमा उक्त सघन कक्षको निर्माण गरिएको आम्दा अस्पतालले जनाएको छ ।

उक्त सघन कक्षको आइतबार जापानीज राजदुत मासासी ओगावाले गरे । यसैबीच उक्त अस्पतालले आइतबारबाटै सघन उपचार कक्षको समेत सेवा सुरु गरेको छ । कार्यक्रममा बोल्दै राजदुत ओगावाले यस्ता खाले सहयोगले नेपाल र जापानको सम्बन्ध प्रगाढ बन्ने बताए । स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा सहयोग गर्न पाउँदा जापान सरकार खुशी रहेको उनले औल्याए । राजदुत ओगावाले आइसियु सुबिधाका लागि थप सहयोग गर्न जापान सरकार तयार रहेको समेत प्रतिवद्धता जनाए । जापान सरकारको जिजिपी कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको राजदुताबासवाट जारी प्रेस नोटमा उल्लेख छ ।

दुई वर्ष अघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सघन कक्षको शिलान्यास गरेका थिए ।

उद्धघाटनकै दिन एक जना बिरामीलाई आइसियूमा भर्ना समेत गरिएको थियो । सत्यस अवसरमा आम्दा अस्पतालले दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल र आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. नविन ढकाललाई सम्मान समेत गरिएको थियो । मेची अंचलमानै सबैभन्दा बढि प्रसुति गराउदै आएको यस अस्पतालमा यस अघि आइसियु सेवा नहुदाँ विरामीहरु अन्यत्र जान बाँध्य हुदै आएका थिए । आम्दा करिव २५ बर्ष अघि शुरु गरिएको हो ।

ओली आएनन्

उक्त दुइ कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दमक आउने भनिएपनि आएनन् । उनको कार्यक्रम अन्तिम समयमा आएर रद्य गरिएको थियो । ओली राजधानीमा नै राजनीतिक विषयमा केन्द्रीत रहनु पर्ने भएकाले आफना गृह क्षेत्रका पूर्व निर्धारित कार्यक्रममा सहभागि हुन नसकेको उनको सचिवालय स्रोतले जनाएको छ । निर्वाचन आचारसंहिताका कारण उद्घाटन जस्ता सार्वजनिक कार्यक्रममा सहभागि हुन ओली नआएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार