तिहार अवधिमा दमक आसपास ४ को मृत्यु

नयाँ बुलन्द

झापा : तिहार अवधि भरि झापाको माइपश्चिम क्षेत्रमा भएका विभिन्न घटनाहरु परेर एक महिलासहित चार जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार तिहार अवधि भरि सडक दुर्घटना र भवितव्य अपराधका घटनामा परेर एक महिलासहित चार जनाको मृत्यु भएको हो । गत कातिक १ गते कमल गाँँउपालिकाको वडा नम्बर ६ स्थित गेउरिया सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर गौराहद –१ का ३४ बर्षिय योगेन्द्र अधिकारीको थियो भने सोहि दिननै दमक–१ की ३८ बर्षिया तारा लिम्बु र कमल गाउपालिका –४ बस्ने बर्ष २२ को रमेश बेघा लिम्बु छुटाछुट्टै स्थानमा मृत अवस्था फेला परेका दमक प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए ।

यसैगरि कातिक २ गते दमक– ६ स्थित पूरानो सब्जी बजार नजिक जिल्ला मोरङ दलेनी घर भई हाल जिल्ला दमक – ६ देवकोटा चौकमा डेरा गरी बस्ने ४५ बर्षिय लब शाह ठेला माथि मृत अबस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार