नयाँ बुलन्द
झापा : मोटरसाईकल र म्याजिक भ्यान एक आपसमा ठक्कर जुध्दा झापाको कमल गाँउपालिकामा बुधबार दिउसो एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना गंभीर घाईते भएका छन् ।
कमल गाँउपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडक खण्डस्थित गेउरियामा दिउसो साढे ३ वजेतिर दुवै सवारी एक आपसमा जुध्दा मोटरसाईकलमा सवार झापा ,गौरादह–१ का ३४ बर्षिय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा गंभीर घाईते अधिकारीको उपचार गर्न दमक ल्याउदाँ गर्दें बाटोमा नै मृत्यु भएको थियो ।
इप्रका दमकका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार को २७ प २९८९ नम्बरको मोटरसाइकल र मे १ च ४९६३ म्याजिक भेन एकआपसमा ठक्कर खाएको थियो ।
दुर्घटनामा परेर भ्यानमा सवार ४ जना मध्ये दुई जनाको दमकस्थित लाईफलाईन र अन्य २ जनाको भने बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये गौरादह–५ का बमबहादुर कटुवाल र उनकी श्रीमती देवीमाया कटुवालको बिएण्डसीमा रिफर गरिएको छ भने घाईतेद्धय दमक–७ का जगत विक र भरत ल्वागुनको भने स्थानीय लाइफलाईन अस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















































