शुभलक्ष्मीमा सुपथ पसल

नयाँ बुलन्द

झापा :  झापाको गौरादहस्थित शुभलक्ष्मी सहकारी संस्थाले स्थानीय उपभोक्ता र सदस्यलाइ मध्यनजर गरि सोमबारबाट सहकारी सुपथ पसल शुभारम्भ गरेको छ ।

‘गुणस्तरिय बस्तु उपयुक्त दाम हरेक सामान एउटै ठाँउ ’भन्ने उदेश्यका साथ सञ्चालित उक्त सुपथ पसलको जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरे ।
सञ्चालित सो पसलमा करिव एक करोडको लगानी रहेको जनाईएको छ ।

रेडिमेड कपडा र जुत्ता बाहेकका सबै समान पाइने पसलले गुणस्तरिय सामान सुपथ मूल्यमा सदस्यहरुलाइ उपलब्ध गराउने लक्ष्य रहेको संस्थाले जनाएको छ । सो अवसरमा नगर प्रमुख रोहित कुमार शाह, संस्थाका उपाध्यक्ष बद्री कार्कीले सुपथ मूल्यको सो पसलबाट सहकारीका शेयर सदस्यहरु लाभान्दीत हुने औल्याएका थिए ।

संस्थाका अध्यक्ष फणीन्द्रराज दाहालको अध्यक्षतामा भएको सो सहकारीमा करिव २१ सय शेयर सदस्य आवद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार