महादेव नाथकाे तेस्रो बार्षिक साधारण सभा सम्पन

चेतन आङथुपो

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ स्थित महादेव थान कृषि सहकारी संस्था लिमिटेडको तेस्राे बार्षिक साधारण सभा सम्पन भएको छ ।

‘स्वराेजगार तथा उन्नत कृषि प्रविधि नियमित बचतले ल्याउँछ समृद्धि’ भन्ने नारा रहेकाे कृषि सहकारीमा सेयर सदस्य ३५ जना रहेका छन् । सेयर पँजी रकम ९८ हजार बचत रकम ४९ हजार ८सय ५० रूपैयाँ रहेका छ । ्स

हकारीका अध्यक्ष सुकबहादुर विश्वकर्माले कार्यक्रममा वडा निर्वाचित प्रतिनिधिलाई सम्वाेधन गर्दै भने, ‘कृषिमा तरकारी खेतिकाे लागि भुमिगत पानी प्रशस्त छ, पानी निकाल्नकाे लागि पहल गर्नु पर्ने साथै कुन प्रकृतिको खेति गर्दा राम्रो हाेला माटाे प्रशिक्षण र तालिमको व्यवस्था समेत गरिनु पर्नेछ’ संस्थाको उपाध्यक्ष बविता राईले भनिन्, ‘चाैथाे बर्षमा प्रवेश गरेकाे सहकारी बिचमा निसक्रिय रहेकाे थियाे, एक बर्ष यता देखि व्यवस्थित गर्दै अाएकाछाै ।’

वडा नम्बर ३ का वडा प्रतिनिधि नरेन्द्र लावतीकाे प्रमुख अतिथि रहेका कार्यक्रममा पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष पदमकेशर यवा, बुद्धिजीवी महिला धनमाया पाेखरेल, तिल प्रसाद अाङथुपाे लगायतले सहकारीको थप प्रगतिकाे लागि शुभकामना व्यक्त गरेका थियाे । उक्त सहकारीको अध्यक्ष सुकबहादुर विश्वकर्माकाे सभापतित्व रहेको कार्यक्रम सपना माङलाकले संचालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार