चुलाचुलीको वजेट साढे २३ करोड

नयाँ बुलन्द

चुलाचुली : चुलाचुली गाउँपालिकाले चालु आर्थिक बर्ष २०७४÷७५ का लागि बजेट सार्बजनिक गरेको छ । शुक्रवार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि नीति तथा कार्यक्रमसहित बजेट सार्बजनिक गरेको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले कुल २३ करोड ५३ लाख ५१ हजार एक सय रुपैयाँको बजेट सार्बजनिक गरे ।

सार्बजनिक गरिएको बजेटमा पूजीगत खर्चतर्फ १२ करोड ६६ लाख ७८ हजार ६०० छुट्याइएको छ । त्यस्तै चालु खर्चतर्फ ३ करोड ४० लाख ३५ हजार ५०० तथा विषयगत तथा अनुदानतर्फ ७ करोड ४६ लाख ३७ हजार छुट्याइएको छ । गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला,बालबालिका,जेष्ठ नागरिक,आदिवासी जनजाति तथा दलित समुदाय लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ ।

त्यस्तै सरसफाई कार्यक्रमलाई पनि आफ्नो निति तथा कार्यक्रममा राखेको उसले वडा नम्बर १ मा बहुभाषिक पाठशाला निर्माणलाई मुख्य कार्यक्रमको रुपमा राखेको छ । वडा नम्बर ४ को बालज्योति माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने पनि कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले विद्युत नपुगेका सबै क्षेत्रमा विद्युत विस्तार गर्ने देखि सडक निर्माण तथा खोला तटबन्धनलाई पनि प्राथमिकतामा राखेको छ ।

जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, रोङ्ग गाउँपालिकाका अध्यक्ष शम्सेर राई, उपाध्यक्ष चन्द्रकला राई लगायतको उपश्थिति रहेको थियो । चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला दाहालले स्वागत मन्तब्य राखेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार