कृषकलाई माछाको भुरा हस्तान्तरण

किसानलाई माछाको भुरा हस्तान्तरण गरिदैं 

नयाँ बुलन्द

झापा : दमक उद्योग वाणिज्य संघले माछापालन कृषकहरुलाई उन्नत जातका भुरा माछाहरु प्रदान गरेको छ । माछापालन तर्फ कृषकहरुलाई व्यवसायीक प्रर्वद्धन गर्ने उद्देश्यले संघले यस क्षेत्रका कृषकहरुलाई माछाका भुरा वितरण गरेको हो ।

आज संघको कार्यालयमा एक कार्यक्रम गरि ती माछाका भुराहरु कृषकहरुलाई हस्तान्तरण गरिएको हो । ती भुराहरु संघका अध्यक्ष राजेन्द्र ढकालले कृषकहरुलाई हस्तान्तरण गरेका हुन् । ३ केजीदेखि बढीमा ३० केजीसम्मका दरले साना तथा ठुला २५ जना कृषकहरुलाई उन्नत जातका माछाका भुराहरु प्रदान गरिएको अध्यक्ष ढकालले बताएका छन् ।

वितरण गरिएका माछाका भुरामा रौ, नैनी,भ्याकुरलगायत प्रजातिका रहेका छन् । नेपाल सरकार र नेपाल उद्योग बाणिज्य महासंघको साझेदारीमा एक गाँउ एक उत्पादनको अवधारणामा सो कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ । त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडाले माछापालन तर्फ कृषकलाई आत्मनिर्भर गर्न कार्यक्रमले सघाँउ पुर्याँउने कार्यक्रमको लक्ष्य रहेको जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन संघका सदस्य राजन दंगालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार