नयाँ बुलन्द
झापा : किरात भवन रायली सेवा संघको अध्यक्षमा उद्धव प्रसाद राई चुनिएका छन् ।
शुक्रवार सम्पन्न संघको बन्द सत्रले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा महेन्द्रकुमार योङहाङ लिम्बु, महासचिवमा मचिन्द्र याक्खा देवान, सचिवमा बिेवेक राई र कोषाध्यक्षमा टेकधन इजम लिम्बु रहेका छन् । यसैगरि सदस्यहरुमा सुरेन्द्र देवान, यामबहादुर खाम्याहाङ याक्खा , दरवारसिंह लिम्बु र लिलाबहादुर राई चुनिएका संघका निर्वतमान महासचिव युवराज लिम्बुले जानकारी दिए । संघको आगामी तीन वर्षे कार्यकालका लागि संघमा आवद्ध तीन वटा जातिय संस्थाले आलोपालो नेतृत्व गरिआएका छन् ।
यसैवीच संघको पाँचौ बार्षिक साधारणसभाको उद्घाटनमा संघमा योगदान पुर्याँँउने २ जना मरणेपन्तसहित ५ जना पूराना अग्रजलाई सम्मान समेत गरेको थियो । यसरी सम्मानीत हुनेमा संघका संस्थापक अध्यक्ष स्व. सन्तकुमार वान्तवा, संघको भवन निर्माण समितिका संयोजक स्व. विष्णुहाङ सवेनहिम, सचिव धिरेन लावती , संघका पूर्व अध्यक्ष लोकप्रसाद कन्दङवा र पूर्व कोषाध्यक्ष हरिलाल देवान रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सम्मान गरेकी थिईन् ।
साधारणसभाको उद्घाटनमा संघका अध्यक्ष चन्द्रप्रसाद जिमीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा महासचिव युवराज लिम्बुले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।